११ बैशाख २०८१, मंगलबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभामा न्यायपरिषद् र न्याय सेवा आयोगको प्रतिवेदन पेश



काठमाडौं । प्रतिनिधि सभामा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ ।

आज शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिवेदन पेश गरेकि हुन् ।

यस्तै, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गरे । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *