६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम पहिरो अपडेट : १७ जनाको शव भेटियो, ५ अझै वेपत्ता


१ आश्विन २०७९, शनिबार  

2.5k
Shares

अछाम । अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । जिल्लाका चार ठाउँमा गएको पहिरोमा अझै ६ वेपत्ता छन् । घटनामा १० जना घाइते छन् ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुंगालामा पहिरोमा ज्यान गुमाएका ५ जनाको शव भेटिएको हो । त्यहाँ एक घाइतेको उद्धार पनि गरिएको छ । कमलबजार नगरपालिकाकै वडा नम्बर ६ हातीबाँझमा पहिरोले घर पुरिदा ७ जनाको मृत्यु भएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।
उनका अनुसार त्यहाँ अन्य ७ जना घाइते भएका छन् । अछाम जिल्लाकै तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ नाडाको काँडाचौरमा पहिरोले दुई घर पुरिदा वेपत्ता भएका ९ जना मध्ये ४ जनाको शव फेला परेको छ ।
शव भेटिनेहरुमा स्थानीय नेत्रबहादुर शाही उनकी श्रीमती मनीषा शाही र छोरी बिमला शाही तथा काँडाचौरकै मिनबहादुर शाहीकी छोरी जानकी शाही रहेका छन् । बिमला र जानकी नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । घटनामा स्थानीय रितबहादुर शाही (रिठे) की दुई बुहारी भावना र कमला शाही तथा उनकी दुई नातिनी र छोरा सून्दर शाहीको अवस्था अहिले पनि अज्ञात रहेको कालिकेश्वरी माविका शिक्षक टोपेन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार वेपत्ताहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको छ । मृतक नेत्र शाही र स्थानीय रितबहादुर शाही दुबैका घरहरु पूर्ण रुपमा पहिरोले बगाएको छ भने त्यस वरपरका करिब डेढ दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् ।
घरमाथीबाट पहिरो आउदा जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार) का दुई वर्षिय नाति नबिन बुढाको ज्यान गएको छ । पहिरोमा परी घाइते भएका घरमुली ६५ वर्षिय हर्कबहादुर बुढा (बैदार), उनकी बुहारी २५ वर्षकी चन्द्रादेबी बुढा र नाति ११ बर्षिय धर्म बुढा घाइते छन् ।
उनीहरुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको वडा नम्बर ६ का वडा सदस्य कर्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार त्यहाँ करिब दर्जन बढी घरमा पहिरोले क्षति गरेको छ भने लाखौंको धनमाल, गाइबस्तु र लत्ताकपडा तथा अनाज सखाप भएको छ ।
जिल्लाका चार ठाउँमा पहिरोमा परी गम्भीर घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत विभिन्न अस्पतालमा लगेर उपचार सुरु गरिएको छ भने हराइरहेकाहरुको खोजी भइरहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ५ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *