काठमाडौं । संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री स्वर्गीयः सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए ।
त्यस्तै राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने छ ।
मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपति मार्फत विभूषणको घोषणा गरिएको हो ।
प्रतिक्रिया