१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसद्वारा युक्रेनकाे आणविक उर्जा केन्द्र नजिक क्षेप्यास्त्र प्रहार



काठमाडौं । रुसले युक्रेनमा पुनः क्षेप्यास्त्र प्रहार गरेको छ ।

दक्षिणी युक्रेनको एउटा आणविक उर्जा केन्द्र नजिकै युक्रेनी क्षेप्यास्त्र खसेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । सोही क्षेप्यास्त्र अन्य औद्योगिक उपकरणमा खसेको र नजिकै रहेका ३ वटा आणविक रियाक्टरलाई यसबाट कुनै क्षति नपुगेको जनाइएकाे छ । युक्रेनी अधिकारीहरूले सोमबार यस घटनालाई आणविक आतंकवादको संज्ञा दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनी प्रमुख पूर्वाधारहरूमाथि आक्रमण हुनसक्ने चेतावनी दिए लगत्तै क्षेप्यास्त्र हमला भएको हो । युक्रेनी आणविक सञ्चालन निकाय इनर्गोएटमका अनुसार साउथ युक्रेन न्युक्लियर पावर प्लान्टको नामले समेत चिनिने प्रिभ्देन्नोउक्रेन्स्क न्युक्लियर प्लान्टदेखि केवल ३ सय मिटर पर क्षेप्यास्त्र खसेको छ ।

युक्रेनको रक्षा मन्त्रालयले सार्वजनिक गरेको सीसीटिभी फुटेजमा अँध्यारोमा एकपछि अर्को गरी दुई वटा आगोको डल्ला विस्फोट भएपछि अत्यन्तै उज्यालो झिल्का फैलिएको देखिन्छ । रुसी रक्षा मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । संयुक्त राष्ट्रसंघको आणविक पहरेदार अर्थात अन्तर्राष्ट्रिय आणविक उर्जा निकायले पनि तत्कालै कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *