२३ बैशाख २०८१, आइतबार | May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु



एजेन्सी । भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो ।

बिहारका १० जिल्लामा चट्याङ लागेर मृत्यु हुनको संख्या पूर्णिया र अररियामा जिल्लामा बढी रहेको छ ।

यसैबीच, बिहारका मुख्यमन्त्री नीतिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारतीय रुपैयाँ चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

बिहारमा पछिल्लो समय भारी बर्षासँगै चट्याँङ पर्ने गरेकोले सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न बिहार सरकारले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *