काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथमा आगलागी भएको छ ।
महानगरपालिका वडा नम्बर ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।
घटना लगतै तत्काल दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।
आगलागीले कवाडी गोदाममा रहेका अधिकांस सामान जलेर नष्ट भएका छन् भने केहि सामान आगो नियन्त्रणपछि जोगिएका छन् ।
आगोले गोदाम भएको घरको केहि भागमा पनि क्षति गरेको प्रहरीले बताएको छ । तर केहि समयमै आगो नियन्त्रणमा लिइएकाले ठुलो क्षति हुन बाट भने जोगाइएको छ ।
आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।
प्रतिक्रिया