११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको एक कवाडी गोदाममा आगलागी



काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथमा आगलागी भएको छ ।

महानगरपालिका वडा नम्बर ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

घटना लगतै तत्काल दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

आगलागीले कवाडी गोदाममा रहेका अधिकांस सामान जलेर नष्ट भएका छन् भने केहि सामान आगो नियन्त्रणपछि जोगिएका छन् ।

आगोले गोदाम भएको घरको केहि भागमा पनि क्षति गरेको प्रहरीले बताएको छ । तर केहि समयमै आगो नियन्त्रणमा लिइएकाले ठुलो क्षति हुन बाट भने जोगाइएको छ ।

आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *