६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्चित हास्य कलाकार श्रीवास्तवको निधन



एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तवको दिल्लीको एम्स अस्पतालमा निधन भएको छ ।

उनको ५८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको राजुका परिवारले पुष्टि गरेका छन् । राजु लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । हृदयघात भएपछि उनलाई यहाँ ल्याइएको थियो । उनको बिगत ४२ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो ।

राजुलाई गत अगस्ट १० मा बिहान हृदयघात भएको थियो, त्यसपछि उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले उनको टाउकोको सीटी स्क्यान गर्दा मस्तिष्कको एक भागमा सुन्निएको बताएका थिए । अस्पतालमा राजुको एन्जियोप्लास्टी गरिएको थियो, जसमा मुटुको ठूलो भागमा शतप्रतिशत ब्लकेज भेटिएको थियो । राजुका परिवारमा श्रीमती शिखा, छोरी अन्तरा, छोरा आयुष्मान रहेका छन् ।

राजु सन् २०१४ मा भाजपा (भारतीय जनता पार्टी) मा प्रवेश गरेका थिए । उनी कामको सिलसिलामा दिल्ली पार्टीका केही ठूला नेताहरूलाई भेट्न दिल्ली पुगेका थिए । उनी १० अगस्ट बिहान कल्ट जिम, साउथ एक्स, दिल्लीमा कसरत गरिरहेका थिए । यसै क्रममा ट्रेडमिलमा दौडदै गर्दा उनको छातीमा दुखेको महसुस भयो र उनी लडे । त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । राजुले सधैं आफ्नो फिटनेसको ख्याल राख्थे र उनी फिट र फाइन थिए ।

राजु श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो। उनको जन्म २५ डिसेम्बर १९६३ कानपुरको नयापुरवामा भएको थियो । उनले सन् १९९३ मा कमेडीको दुनियाँमा प्रवेश गरेका थिए । सन् १९८० मा उनी कानपुरबाट मुम्बई आएका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ३ : ४६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *