७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादी र गठबन्धन बिच खटपट, कांग्रेस मुख्य टारगेट



काठमाडौं । नेकपा एकीकृत समाजवादी र सत्ता गठबन्धनका दलहरु बिच खटपट सुरु भएको छ । सिट बाँडफाँटका विषयमा दुई पक्ष बिच खटपट देखिएको हो ।

जसको गन्ध समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाहिर ल्याइदिएका छन् । सत्ता गठबन्धनको सीट बाँडफाँट प्रक्रियामा नेपाली कांग्रेसको दम्भ बढेको भन्दै नेपालले यसलाई आफ्नो बिर्ता नसम्झिन चेतावनी दिएका छन् ।

पार्टी निकट युवा संघको बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष नेपालले कसले कति सीट लिने भन्ने कुरामा छलफल चलिरहँदा कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताए ।

उनले पाँच दलमा कसले कति सीट लिने छलफल चलिरहेको बेला कांग्रेसले त देशै उनीहरुको पेवा जस्तो ठानेकाले उनीहरुले यसलाई आफ्नो बिर्ता जस्तो सम्झिने गरेकाले बालुटार पुगेर बैठकमा मैले यो तपाईंहरुको बिर्ता हो ? भनेर सोधेको बताए ।

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा आवाज मधुरो हुने गरेको भन्दै नेकपा एसको शक्ति बढाउन लाग्नुपर्ने बताए ।

अध्यक्ष नेपालले अहिले गठबन्धनमा कांग्रेस एक सयबाट घटेर ८०/८५ मा झरेको र माओवादी ६० बाट ५० मा पुगेको बताए । उनले नेकपा एसले पनि ४० बाट ३० सीटमा अडान लिइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *