१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजुरीमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो



काठमाडौं । बसले किच्दा विद्यार्थीको मृत्युपछि अवरुद्ध बनेको धादिङ गजुरी स्थित पृथ्वी राजमार्गको अवरोध खुलेको छ ।

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट स्थानीय ६ वर्षका बालक विजय परियारको घटनास्थलमै मृत्यु भएपछि गजुरीको आदर्श माविका विद्यार्थी र स्थानीय वासिन्दाले सडक अवरोध गरेका थिए ।

आन्दोलित बनेकाहरुले बसमा पनि आगजनी गरेका थिए । आफन्त र स्थानीय वासिन्दाको सहमतिमा शव उठाइएको र राजमार्गको अवरोध हटाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनएको छ ।

दिउँसो साढे २ बजे राजमार्ग खुलेपछि ५ घण्टादेखि रोकिएका गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *