१९ मंसिर २०८१, बुधबार | Dec 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम र म एक अर्काका पुरक हौँ : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम र आफु एक अर्काको पुरक भएको बताएका छन् ।

उनले बाबुराम र आफु नयाँ खालको समाजवादको मोडेल विकास गर्न एकतामा लागेको समेत बताए ।

नेपाल समाजवादी पार्टीले काठमाडौंमा गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले बाबुराम सँग चुनावसम्मको मात्रै सहकार्य नभएको स्पष्ट पार्दै अब दिगो रुपमा आफुहरु एउटै ठाउँमा रहने बताए ।

मुलुकमा समाजवाद र समृद्धिको नयाँ गोरेटो कोर्नका लागि यो एकता भएको भन्दै उनले अब आफुहरु एक अर्काको पुरक भएको उल्लेख गरे ।

जनयुद्ध सुरु गर्दा पनि हामी दुई कै योगदान बढी रहेको भन्दै उनले हिजो एक अर्काको पुरक भएर अघि बढेको हो अब पनि त्यहीँ हुने बताए । प्रचण्डले बाबुराम र आफ्नो बानी, व्यहोरा र स्वभाव नमिल्ने भएपनि अब आफुहरु नयाँ शक्ति देखाउने बताए ।

उनले अब समाजवादको नयाँ मोडेल बनाउनु पर्ने बताए । १९ र २० औं शताब्दीको मोडेलले काम नगर्ने भन्दै उनले अबको एक दशक नयाँ प्रयोग गर्ने भनेरै बाबुराम र आफु एकै ठाउँमा आएको दाबी पनि गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *