काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले खबरदारी सभा गरेको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको सहभागितामा भेला गरिएको हो ।
पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेर ब्यापक दबाब दिएको जनाएको छ ।
सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहले आफुहरुलाई वास्ता नगरेको उनीहरुको आरोप छ ।
यो अवस्थाले कांग्रेस आफै विभाजित छ । शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।
तर देउवा पक्ष यो कुरा मान्न तयार छैन् । जसका कारण कांग्रेसमा बिद्रोह सुरु भएको छ ।
तर, भेलामा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित छैनन् ।
भेलामा केन्द्रीय सदस्यको उपस्थिति पनि धेरै बाक्लो छैन । हालसम्म केन्द्रीय सदस्यहरू अजयबाबू सिवाकोटी, प्रतिमा गौतम, दिनेश कोइराला र प्रकाश स्नेही मात्र उपस्थित छन् । यस्तै युवा नेता गुरुराज घिमिरे, तरुण दलका पूर्व महामन्त्री भूपेन्द्रजंग शाही उपस्थित छन् ।
भेलाको अध्यक्षता नुवाकोट कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश नरसिंह केसीले गरेका छन् । यस्तै बागमती कांग्रेसका उपसभापति मोहन बस्नेत, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यलगायतका दोस्रो तहका नेता मात्रै उपस्थित छन् ।
समूहका देशभरका नेताकार्यकर्ताहरूको उपस्थिति भने बाक्लो छ । यसरी उपस्थित हुनेहरू अक्सर टिकट पाउने सम्भावना नै नरहेकाहरू देखिएका छन् ।
प्रतिक्रिया
Sign Up
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.