८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार चुनावमा धाँधली गर्ने पूर्व तयारी गर्दैछ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार आउने निर्वाचनमा धाँधली गर्ने पूर्व तयारी गरिरहेको अरोप लगाएका छन् ।

४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधली नगरे जितिन्न भन्ने मनसाय अहिले नै देखिन थालेको उनले बताए ।

धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले आफु निकटका कर्मचारी र प्रहरीलाई अनुकुल ठाउँमा सरुवा गरिरहेको र गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम अपाएक ठाँउमा पठाउन थालेको बताए ।

उनले यो सरकारलाई अलोकतान्त्रिक, तानाशाही र स्वेच्छाचारी भ्रष्टाचारी सरकारको संज्ञा समेत दिए ।

सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।

सभामा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।

अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नेहरु सम्मानजनक रुपमा अघि वढ्ने उल्लेख गरे । उनले एमालेमा कोहि पनि अलपत्र नपर्ने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ५ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *