१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सिट बाँडफाँट आजभोलि नै टुंगो लाग्छ’



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँट टुग्याउने अन्तिम कसरत भइरहेको सत्ता गठबन्धनका नेताहरूले बताएका छन्। 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनमा पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटलाई अन्तिम रूप दिने काम भइरहेको बताए। उनले आजभोलि नै बाँडफाँट टुंगो लाग्ने बताए।

महतले भने, ‘निर्वाचनमा पाँच दलीय गठबन्धनको बाँडफाँटलाई अन्तिम रूप दिने काम भइरहेको छ। आजभोलि नै टुगों लाग्छ। प्रत्यक्ष तर्फको उम्मेदवार छनौट गर्नुपर्नेछ। पार्टीले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनौट हुन्छ।’
 
घोषणापत्रको काम तीव्र रूपमा अघि बढेको उनले बताए। घोषणापत्रलाई समयमै तयार गरिने र घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत र देशमा समृद्धि सुनिश्चित गर्ने एजेण्डा समेट्ने उनको भनाइ छ। 

फरक प्रसंगमा डा. महतले नागरिकता विधेयकसम्बन्धीको बहस नयाँ नभएको बताए। उनले भने, ‘यो प्रक्रिया हामीले संसदबाट पारित गर्‍यौं। राष्ट्रपतिज्यूले यो प्रमाणीकरण नगर्नू संविधानको उल्लघंन हो।’ 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : १६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *