काठमाडौं । बलात्कारको आरोपमा भक्तपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने बैताडीका ४९ वर्षीय टेकबहादुर चन्द हुन् ।
उनले घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोप छ । चन्दको घर सिगास गाउँपालिका बैतडी हो ।
उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया