७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवालाई असन्तुष्ट नेताको चिठी : समानुपातिक सिट तपाईकै अंश हो ?



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएकोभन्दै चिठी बुझाएका छन् ।

देउवालाई उनले लेखेको पत्रमा समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख्दा प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने उल्लेख छ ।

समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरुलाई समानुपातिक उम्मेदवारका रुपमा प्रस्ताव गरिनुपर्ने उनको भनाइ छ ।

समानुपातिक निर्वाचन प्रणालीको आदर्श र मर्म विपरीत पहुँचवाला, नातागोता, वंश, परिवार, आसेपासे तथा अर्थबलले सुसज्जित पात्रहरुलाई प्रस्ताव गरिएको उनको टिप्पणी छ ।

समानुपातिक उम्मेदवार चयन गर्दा पार्टीभित्रको खास गुट, खास परिवार र खास नेताहरुको तावेदारीहरुलाई प्राथमिकता दिइएको उल्लेख गर्दै नेता कोइरालाले रोष प्रकट गरेका छन् ।

हेर्नुहोस् पत्रको पूर्णपाठ

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *