अछाम । ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाका पहिरो प्रभावितलाई राहत वितरण गरिएको छ । भारतमा रहेका नेपालीहरुले उनीहरुका लागि राहत उपलब्ध गराएका हुन् ।
रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुले संकलन गरेको ५२ हजार २८० रुपैयाँको खाद्यान्न किनेर पहिरो प्रभावितलाई दिइएको छ । उनीहरुका लागि महेश विश्कर्माको पहलमा भारतमा रहेका नेपाली मार्फत दैनिक पाउने ज्यालाबाट थोरैथोरै रकम जम्मा गरेर नेपाल पठाइएको थियो ।
त्यही रकम मार्फत ढुंगाचाल्नाका पहिरो प्रभावितलाई तत्काल आवश्यक खाद्यान्न सामग्री किनेर दिइएको छ । सामाजीक अभियन्ता दिनेश बिकका अनुसार पहिरोले घर पुरिनुका साथै सबै खाद्यान्न र अन्नपात समेत नरहेपछि पीडितहरुका लागि तत्काललाई राहत स्वरुप दाल,चामल, नुन, तेल, साबुन लगायतका दैनिक आवश्यक सामग्री उपलब्ध गराइएको छ ।
पहिरोले प्रभावित ढकारी गाउँपालिका वडा नम्बर ६ ढुंगाचाल्नाको सिमाने टोलका हर्कबहादुर बुढा, उनका छोरा भरतबहादुर बुढा, सोही वडाको खम्मटोलका कृष्णबहादुर बुढा, ढुंगाचाल्ना बजारका व्यापारी रमेश बहादुर बुढा, लामासिंह टोलका शेरबहादुर थापा र तामाखानीका रतन थापाको परिवारलाई शुक्रबार राहत दिइएको हो ।
नेकपा एकीकृत समाजवादीका युवा नेता देबेन्द्र बुढा र पार्टीका वडा कमिटी अध्यक्ष पूर्ण बिक लगायतका समाजसेवीहरुको उपस्थीतिमा राहत वितरण गरिएको थियो । भारतमा रहेका नेपालीहरुले पहिरो प्रभावितका लागि राहत पठाएको यो पहिलो पटक हो ।
उनीहरुले तुर्माखाँद–५ नाडाको काँडाचौरका पहिरो प्रभावितका लागि पनि राहत पठाएका छन् । सो राहत आज शनिवार वितरण गर्ने तयारी भइरहेको सामाजिक अभियन्ता दिनेश बिकले जानकारी दिएका छन् ।







प्रतिक्रिया
開設binance帳戶
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
binance Registrācija
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
binance sign up bonus
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.