१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले अझै समानुपातिक उम्मेदवारहरु मिलाउन सकेन



काठमाडौं । नेपाली कांग्रेसलाई समानुपातिक उम्मेदवारहरु मिलाउन मुस्किल परेको छ । लामो सदयदेखि छलफल भइरहेको भएपनि अझै सहमति जुटेको छैन ।

आज शनिबार बिहान नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गरेका थिए । तर त्यहाँ पनि सहमति हुन सकेन् ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूची सच्याउने समय आज सकिदैछ । त्यसैले कांग्रेस नेताहरु अन्तिम कसरतमा छन् । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि देउवा पक्ष अप्ठ्यारोमा परेको छ । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट छ ।

त्यसैले कोइराला पक्षले सूची सच्याउन दबाव दिंदै आएको छ । आफूहरुको सम्मानजनक सहभागिता नभए गठबन्धनको उम्मेदवारविरुद्ध उत्रिने चेतावनी कोइराला पक्षका नेताहरुले दिएका छन्

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ०४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *