७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल खेलमा भागदौड मच्चिँदा १२९ जनाको मृत्यु



इन्डोनेसिया । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ ।

इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हुलदंगामा करिब १८० जना घाइते भएका छन् ।

हार्ने पक्षका समर्थकहरू हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

घटनापछि लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *