७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टुंगियो कांग्रेसको लफडा, समानुपातिक बारे सहमति



काठमाडौं । नेपाली कांग्रेसल समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टीका सबै गुटसंगको सहमतिपछि उनीहरुको नाम आयोगमा बुझाइएको हो ।

लामो आन्तरिक झमेला पार गर्दै नाम टुंगो लगाएपछि तत्कालका लागि कांग्रेस भित्रको रडाको टुंगिएको छ ।

कांग्रेसले अन्तिम सूची बुझाएको बारे पार्टीका मुख्यसचिव कृष्ण पौडेलले नेपाली अक्षरलाई जानकारी दिएका छन् । निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको थियो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको कांग्रेस स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम भने हटाइएको छ । संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटी संशोधनका लागि ९ गतेदेखि असोज १६ सम्मको समयावधि दिएको थियो ।

बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म फिर्ता लिन सक्ने अयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  २ : ०२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *