१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूदुरपश्चिममा एमालेका उम्मेदवार छनौट,भीम रावल आउट



काठमाडौं । नेकपा एमालेबाट सूदुरपश्चिम प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने अधिकांस उम्मेदवारको टुंगो लागेको छ ।

एमालेका एक नेताका अनुसार डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ ।

बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।

कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

प्रदेशसभातर्फ पनि उम्मेदवार टुंगिएको छ । तर राप्रपा र जसपासँग वार्ता भइरहेकाले टिकट नखोसिएको अवस्थामा एमालेको निर्णय अव परिवर्तन नहुने स्रोतले बतायो ।

-यी हुन् टिकट पाउने उम्मेदवार

बाजुरा : प्रतिनिधिसभामा कर्ण थापा, प्रदेशसभा (क) बल्देव रेग्मी र (ख) मा लालबहादुर थापा

बझाङ : प्रतिनिधिसभामा ऐन महर, प्रदेसशभामा एलबी रावल र अफिलाल ओखेडा

दार्चुला : प्रतिनिधिसभामा गणेश ठगुन्ना, प्रदेशसभामा हरिदेव जोशी र रामदत्त जोशी

बैतडी : प्रतिनिधिसभामा दामोदर भण्डारी, प्रदेशसभामा लिलाधर भट्ट र सुरेन्द्र दाहाल

डडेलधुरा : प्रतिनिधिसभामा कर्ण मल्ल (बीपी कांग्रेस), प्रदेशसभामा पठानसिंह बोहोरा र गजेन्द्र शाही

डोटी : प्रतिनिधिसभामा गौरी ओली, प्रदेशसभामा चक्र मल्ल र प्रेम बम

अछाम–१ : प्रतिनिधिसभामा झपड बोहोरा, प्रदेशसभामा (क) देवबहादुर कुँवर र (ख) कृष्णप्रसाद जैसी

अछाम–२ : प्रतिनिधिसभामा यज्ञ बोगटी, प्रदेशसभामा (क) भीमबहादुर बिष्ट र (ख) शिव उपाध्याय

कञ्चनपुर–१ : प्रतिनिधिसभामा तारा लामा, प्रदेशसभामा बीरबहादुर थापा र पल्लव भट्ट

कञ्चनपुर–२ : प्रतिनिधिसभामा नरबहादुर धामी, प्रदेशसभामा कृपा राना र बचनबहादुर सिंह

कञ्चनपुर–३ : प्रतिनिधिसभामा निरु पाल, प्रदेशसभा (क) मा राप्रपालाई छोड्ने, (ख) मा सुरेन्द्र बिष्ट

कैलाली–१ : प्रतिनिधिसभामा टपेन्द्र रावल, प्रदेशसभामा द्वारिका न्यौपाने, एउटामा राप्रपालाई छोड्ने

कैलाली २ : प्रतिनिधिसभामा झपड रावल, प्रदेशसभामा कमला वली र देवी पाण्डे

कैलाली ३ : प्रतिनिधिसभामा गौरीशंकर चौधरी, प्रदेशसभामा जयनारायण जोशी, एउटा राप्रपालाई छोड्ने,

कैलाली ४ : प्रतिनिधिसभामा लेखराज भट्ट, प्रदेशसभामा भीम देउवा र हरिसिंह साउद

कैलाली ५ : प्रतिनिधिसभामा नारदमुनि राना, प्रदेशसभामा यज्ञ बास्तोला र दुर्गा घिसिङ

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *