७ बैशाख २०८१, शुक्रबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले-जसपा तालमेल सहमति, जसपालाई १७ सिट



काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेलको सहमति भएको छ। शनिबार  एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ तालमेल गर्ने सहमति गरेका हुन्।

१४ जिल्लामा तालमेलको सहमति भएकाे छ। जसमध्ये प्रतिनिधिसभातर्फ एमालेले ३५ सिट र जसपाले १७ सिट तथा प्रदेश सभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउनेछन्।

तालमेल भएका बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवारी दिनसक्ने र निर्वाचनपछि पनि निरन्तर सहकार्य रहने सहमतिपत्रमा उल्लेख छ।
 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ४७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *