१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय सैन्य सहयोग गर्न हाइटीकाे आग्रह



काठमाडौं । हाइटीले स्वार्थ समूहबीचको भीडन्तका कारण सिर्जना भएकाे हिंसालाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सैन्य सहयोगको लागि आग्रह गरेको छ ।

हाइटी सरकारले प्रधानमन्त्री एरियल हेनरीलाई ‘ठूलो मानवीय संकटको जोखिम’ का कारण सशस्त्र सहायताका लागि अधिकार दिएको हो । शक्तिशाली गिरोहको समूहले सेप्टेम्बरदेखि देशको मुख्य इन्धन टर्मिनल अवरुद्ध पारेको छ । जसले पानी र खाना जस्ता आधारभूत आपूर्ति ठप्प भएकाे छ ।

यसको प्रत्यक्ष असर स्वरुप केही अस्पताल बन्द भएका छन् भने व्यापार व्यवसाय चौपट बनाएको छ । यसैबीच अमेरिकाले असुरक्षाको कारण हाइटीमा रहेका आफ्ना नागरिकलाई छाड्न आग्रह गरेको छ । यता संयुक्त राष्ट्रसंघले हाइटी सरकारबाट औपचारिक रुपमा आग्रह प्राप्त नगरेको बताएको छ ।

विश्वको सबै भन्दा गरिब देश मध्ये एक हाइटीले धेरै सङ्कटको सामाना गर्नु परिरहेको छ । विशेष गरी सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि गिरोहसँग सम्बन्धित हिंसा बढ्दै गएको छ । पछिल्ला हप्तामा भएका यस्ता घटनाले स्तब्ध पारेको छ । त्यस्तै केही समय अघि गएको भूकम्पका कारण २ हजार बढी मानिसको मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार जुलाईमा मात्र १० दिनको अन्तरालमा पोर्ट–ओ–प्रिन्समा भएको सामूहिक हिंसामा २ सय बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *