१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाउँदा अपार खुसी छु : भट्टराई



गोरखा । प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाएकामा अपार खुसी लागेको डाक्टर बाबुराम भट्टराईले बताएका छन् । गोरखा २ मा प्रचण्डको उम्मेद्वारी दर्तापछि बोल्दै डाक्टर भट्टराईले प्रचण्डको नेतृत्वमा गोरखाबाटै नेपालको संवृद्धिको अभियान सुरु हुने विश्वास व्यक्त गरे ।

प्रचण्डलाई आफ्नो सिट सुम्पिन पाएकोमा अत्यन्त हर्षित रहेको उनको भनाइ थियो । जीवन रहेसम्म कुर्चीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको र आफ्नो क्षेत्र आफूभन्दा सक्षम व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकामा पनि उनले अपार खुशी व्यक्त गरे ।

सोही अवसरमा बोल्दै प्रचण्डले युवा अबस्थामा आफूले गोरखाको आरुघाटमा लामो समयसम्म अध्यापन गराएको, जनयुद्धको तयारीका बेला हेडक्वाटर गोरखालाई बनाएको र सैनिक तालिमको थालनी पनि गोरखाको सिरानचोकलाई बनाएको भन्दै उनले गोरखा आफ्ना लागि अत्यन्त प्रिय रहेको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने संकल्पका साथ गठबन्धन गरेको बताउँदै उनले अबको नयाँ नेपाल निर्माण गोरखाबाटै थालनी गर्ने आफूहरुको प्रतिवद्धता रहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *