३० असार २०८२, सोमबार | Jul 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लामा हिमपात, काठमाडौंबाटै मनोनयन दर्ता



काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन्।

विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन्।

नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताए। 

उनले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताए। 

सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएको उनको भनाई छ। नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताए। 

त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बतए।

नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताए।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : १८ बजे

  • ...
    sign up binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *