५ जेष्ठ २०८१, शनिबार | May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन



भारत । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ । उनी समाजवादी पार्टीका संस्थापक समेत हुन् ।

समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेता यादवको ८२ वर्षको उमेरमा निधन भएको उल्लेख गरेको छ ।

उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

उनको निधनप्रति भारतका अन्य नेताहरुले शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *