१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेनेजुयलामा बाढी-पहिरोमा २२ जनाको मृत्यु



काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ ।

साेही बाढी र पहिरोमा कारण ५० जना भन्दा बढी बेपत्ता भएका हुन् । पहिरोका कारण भेनेजुयलाको दक्षिण शहर ‘लास–तेइरास’ बढी प्रभावित भएको छ । बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा हाजारौं मानिस विस्थापित भएका छन् । बिजुली आपूर्ती बन्द र यातायात व्यवस्था समेत अवरुद्ध भएकाे छ।

साथै सयौं सवारी साधनमा क्षति पुगेको छ । बाढी पहिरो प्रभावितहरूका लागि उचित राहतको व्यवस्था गर्न भेनेजुयलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । बेपत्ता भएका मानिसहरुको खोजीका लागि सयौं उद्धारकर्मी परिचालन गरिएको छ । भेनेजुयलामा विगत केही दिनदेखिको लगातारकाे वर्षा अझै पनि जारी रहेकाे छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : २३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *