१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक विदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको छैन । १० बजे अदालत खुल्ने भएता पनि लामिछानेलाई संचार कर्मीको आँखा छलेर आज विहान साढे नौ बजे नै काठमाडौं जिल्ला अदालत पुर्याएको थियो ।

उनलाई अहिले न्यायाधीश दयाराम ढकालको इजलासमा सोधपुछ भइरहेको छ । जिल्ला अदालत परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । लामिछानेमाथि एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी छन् । प्रहरीले लामिछानेलाई बढीमा २४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *