१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको निर्णय

उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई पार्टीबाट निस्कासन गरिने



काठमाडौं । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारी दिएकालाई भोलि बुधबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन अल्टिमेटम दिएको छ । नलिनेलाई कारबाही गर्ने निर्णय पनि गठबन्धनले गरेको छ ।

गठबन्धनमा आवद्ध दलको मंगलबार बसेको बैठकले बागी उम्मेदवारी दिएका सबैलाई फिर्ता लिन निर्देशन दिँदै नमान्नेलाई सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्ति निकालेर बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन भोलि २६ गते सम्मको समय दिएको छ । आयोगले दिएको समयभित्रै नाम फिर्ता लिन गठबन्धनका दलले बागी उम्मेदवारलाई निर्देशन दिएका छन् । नलिनेलाई सबै दलले पार्टीबाट निस्कासन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०७ बजे