८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तरकारी र फलफूलमा आत्मनिर्भर बन्यो सल्यान



काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ ।

सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ ।

कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ हजार मेट्रिक टन भन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गरेको छ । कपुरकोट गाउँपालिका, त्रिवेणी, छत्रेश्वरी गाउँपालिकाका किसानले कपुरकोटमा ताजा तरकारी र फलफूल लगेर बिक्री वितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ३९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *