काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले शोक व्यक्त गर्दै एक दिन सार्वजनिक विदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बारे औपचारीक निर्णयको तयारी भइरहेको छ ।
आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले यसबारे जानकारी गराएका हुन् । पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन विदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको उनले बताए ।
यो बारे छिटै निर्णय हुने पनि उनले बताए ।
प्रतिक्रिया