बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गरिन्छ।
बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । बाँसको कलिलो मुन्टालाई काटेर स-साना टुक्रा बनाएर केहीबेर घाममा सुकाउनु पर्छ ।
घाममा सुकाएको तामामा बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर । हामीले तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए’, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइने गर्छ ।

तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने भएकोले यसको सेवनले शरीरको बोसो घटाएर तौललाई नियन्त्रणमा राखेर अत्याधिक कोलेस्टेरोल तथा मधुमेह रोगीको लागि निकै फाइदाजनक हुने गर्छ ।
तामाले मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । तामाको नियमित सेवनले हाम्रो पाचन समस्यामालाई पनि हटाउने गर्छ ।

पेटमा ग्यास बढ़ेर पेट फुल्दा, पेटको दुखाइ, झाड़ा–पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्याहरुमा औषधीको रुपमा काम गर्दछ ।
प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास–प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ । साथै, फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकीको समस्या होस् यसको सेवनले हामीलाई निकै फाइदा हुन्छ ।

तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्न मद्दत गर्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई तथा पिसाबघरका समस्याहरूलाई पनि तामाले कम गर्छ ।

गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा हुने गर्छ ।
बुदागत रुपमा हेर्नुहोस् तामाका फाइदा
-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
-बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ।
-पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
-पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
-गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
-ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
-नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
-तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
-तामाले कोलेस्ट्रोल सन्तुलन गर्छ ।
-आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
-रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
-फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
-श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।
प्रतिक्रिया