काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी सरकारले आजका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गत आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।
प्रतिक्रिया