१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा



काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गरी सरकारले आजका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गत आइतबार जोशीलाई श्रद्धाञ्जली अर्पण गर्न जाँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ८ : ४४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *