१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राति ९ बजेपछि देउसी–भैलो खेल्न रोक



काठमाडौं । काठमाडौं उपत्यकामा तिहारको बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध समेत गरेको छ ।

त्यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील वस्तु पड्काउन निषेध गरिएको छ । आतिसबाजी गर्न र पटाका नपड्काउन सबैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने निर्णय गरिएको छ ।

आतिसबाजी नगर्न र पटाका नपड्काउन आज शनिबारदेखि माइकिङ सुरू गरिने प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *