१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीतलनिवासमा खेलियो देउसी–भैलो



काठमाडौँ । राष्ट्रपतिको सरकारी निवासशीतल निवासमा देउसी–भैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शीतलनिवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरूको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो। 

सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा-सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु–चोलो र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसी–भैलो भट्याएर खेलेको हो।

टोलीले मादलको साथमा देउसीसँगै सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ७ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *