काठमाडौं । सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला १३ सयले बढेको हो।
बिहीबार प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको सुन आज प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ।
त्यस्तै, सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ।
१० रुपैयाँले बढेर प्रतितोला चाँदी १०९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
binance create account
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/register?ref=P9L9FQKY