११ बैशाख २०८१, मंगलबार | Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा मधुमेहका बिरामी ५३ करोड नाघे, नेपालमा मात्रै ८ प्रतिसत



काठमाडौं । नेपालमा विश्व मधुमेह दिवस विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा देशका विभिन्न ठाउँमा सचेतनामुलक ¥याली निकालिएको छ । केहि ठाउँमा छलफल तथा अन्तरक्रिया समेत गरेर दिवस मनाइएको छ ।

सोही अवसरमा ललितपुरमा सचेतनामुलक ¥याली निकालिएको छ । अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरूलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने विष्लेषण छ ।

नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको चिकित्सकहरूको भनाइ छ । अहिले ३० वर्ष भन्दा माथिका मानिसमा यो समस्या धेरै देखिनु खानपानमा ध्यान नदिने, जङफुडहरू बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरूमा पनि मधुमेहको समस्या बढ्दै गएको बताइएको छ ।

मधुमेह नियन्त्रण गर्न नसके आँखाको समस्या चाँडै देखिने भएकाले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरूले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *