२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनले जिते ६ महिना सरकार बन्दैन : केपी ओली



चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन मुलुकका लागि हितकारी नभएको बताएका छन्। गठबन्धनको सरकारका कारण देश घाटामा गएको उनले बताए।

विकास निमार्णका काम ठप्प रहेको बताउँदै उनले गठबन्धनले जिते मुलुक संकटमा फस्ने बताए। नेकपा एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बाधेन गर्दै अध्यक्ष ओलीले विकास र समृपद्धिको लागि एमाले सरकार अनिवार्य भएको बताए।

देशलाई एक लयमा लोकतन्त्र र विकासको मार्गमा अगाडि बढाउन एमाले सरकारको आवश्यकता रहेको उनले बताए।

उनले पाँच दलीय गठबन्धन देशका लागि अभिसाप भएको बताए। ओलीले देशको स्थिरताका लागि अगाडि बढाउन सुदृढ राष्ट्रिय शक्ति चाहिने बताए। ‘यस्तो टालाटुली जोडेर बनाएको कठपुतली सरकारबाट केही हुँदैन। अस्थिरता हुन्छ। स्वार्थको टकराव भइरहन्छ।

आफ्नो भाषणको अधिकांश समय गठबन्धनको विरोधमा खर्चिएका उनले एमाले सरकारमा नभए विकास नहुने दाबी गरे।

सत्ता गठबन्धनले भरतपुरको गेष्ट हाउस चौरमा चुनावीसभा गरको दुई दिनपछि एमालेले आज चुनावी सभा गरेको हो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ६ : ५५ बजे

  • ...
    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *