१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाडोमा स्टाइलिस हुन चाहनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



जाडो मौसमको सुरुवातसँगै हाम्रो जीवनशैलीमा फरकपन आउँछ । अझ विशेषगरी किशोरी र युवतीको रहनसहनमा त मौसमले धेरै परिवर्तन आउँछ । उनीहरूको खानपानदेखि पहिरन र हेयर स्टाइलसम्ममा बदलाव आउँछ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउनुहुँदैन :

पहिरन

  • विशेषगरी, शरीरलाई तातो हुने खालको पहिरन छनोट गर्नुपर्छ । हावा नछिर्ने खालका पहिरन छनोट गर्दा राम्रो हुन्छ । 
  • पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ ।
  • ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनुहुँदैन । धेरै बाक्लोभन्दा पनि न्यानो हुने डाउन ज्याकेट, फिदर ज्याकेट, लङ आउटर कोट लगाउन सकिन्छ । 
  • कपडामा आफ्नो रुचिअनुसारको रङका पहिरन लगाउँदा हुन्छ । जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्वेटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ । 
  • टिनएजर र युवतीहरूका लागि लङ कोट जाडोमा उपयुक्त हुन्छ । विशेषगरी, मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन पनि छ । घुँडाभन्दा माथिसम्म आउने कोट लगाउँदा पनि राम्रो देखिन्छ । उलनको टोपी पनि धेरै स्टाइलमा पाइन्छन् । तपाईंले आफूलाई मन पर्ने टोपी छान्न सक्नुहुन्छ । 
  • मोटो शरीर भएकालाई धेरै लुगा लगाउँदा थप मोटो देखिन्छ । त्यसैले हाफ नेक भएको उलनको स्वेटर कोटभित्र लगाउँदा राम्रो हुन्छ ।
  • लङ कोट वा ज्याकेटमा मफलर, बुटजुत्ता लगाउँदा सुन्दरता बढाउँछ । बजारमा धेरैखाले स्टाइलिस बुटहरू पाइन्छन् । 

मेकअप

  • धुवाँधुलोले छाला सुक्खा बनाउने हुँदा मेकअप गर्नुभन्दा अगाडि क्लिन्जिङ गर्नुपर्छ । छालाको टोनअनुसार मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छाला सुक्खा हुनबाट बचाउनुका साथै मेकअपलाई सेट गर्नसमेत सहयोगी भूमिका खेल्छ ।
  • मोस्चराइजर लगाएको केही समयपछि मात्र प्राइमर र त्यसपछि सनब्लक लगाउनुपर्छ ।
  • छालाको टोनअनुसार फाउन्डेसन लगाउनुपर्छ । तर, बजारमा पाइने जुनसुकै ब्रान्डका फाउन्डेसन प्रयोग गर्नुहुँदैन । फाउन्डेसनको छनोटमा ध्यान नदिँदा छालामा दीर्घकालीन समस्या आउन सक्छ । 
  • फाउन्डेसन लगाउनुभन्दा अगाडि अनुहारमा सेरम वा तेल प्रयोग गर्नाले छाला सुक्खा हुनबाट बचाउँछ । 
  • महिलाहरू जाडो महिनामा घाममा बस्ने गर्छन् । त्यसैले सनब्लक अनिवार्य लगाउनुपर्छ । चार घन्टाको फरकमा सनब्लक लगाउँदा अझ राम्रो हुन्छ ।
  • मौसमी फलफूल खानुपर्छ । स्याउ, सुन्तला, अम्बा, सुन्तला, केरालगायतका फलफूल खानुपर्छ । जसले छालामा चमक देखाउँछ । 

हेयर स्टाइल

  • लामो समयसम्म कपाल बाँध्दा टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ । 
  • जाडो मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । तातो पानीले नुहाउनुहुँदैन । चिसो पानीले नै नुहाउनुपर्छ । 
  • जाडो मौसमा हावा चल्ने र धुवाँधुलो उड्ने भएकाले कपाल सुक्खा वा फुस्रो देखिन्छ । यसर्थ, स्टाइलिस हुन चाहनेले कपाल छोटो गर्दा पनि राम्रो देखिन्छ । 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *