१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजरायलमा ४ तले भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु



एजेन्सी । इजरायलको गाजापट्टीकाे एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ ।

उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको हो । गाजाको आन्तरिक मन्त्रालयले सोही क्षेत्रमा ठूलो मात्रामा पेट्रोल भण्डारण गरिएको दावी गरेको छ । आगलागीको मुख्य कारण पनि त्यहि रहेको अधिकारीहरुले बताएका छन् ।

आगो लाग्न सुरु भए लगत्तै अग्नी नियन्त्रकहरू सोही घटनास्थलमा पुगे पनि उक्त भवनमा रहेका सर्वसाधारणहरूको उद्धार गर्न नसकेको अधिकारीहरूले बताएका छन् । करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएपनि सोही भवनमा रहेका सबैको मृत्यु भएको जनाइएकाे छ ।

आगलागी भएको समयमा परिवारका कतिपय सदस्यहरू कामको खोजीमा अन्यत्र रहेकाले ठूलो मानवीय क्षति भने हुन नपाएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीमा परेर मृत्यु भएकाहरूको शुक्रबारको प्रार्थनापछि सामूहिक रुपमा अन्त्येष्टि गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अग्नी नियन्त्रकहरूले भने प्रयाप्त सामग्री नहुँदा पीडितहरूलाई बचाउन नसकेको बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *