१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसान काठमाडौं



काठमाडौं । निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ ।

मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ । काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ ।

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो ।

त्यस्तै, काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ ।

निर्वाचन आइतबार बिहान ७ बजेबाट साँझा ५ बजेसम्म हुने छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *