१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल



काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । उनीहरुले वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एककिृत समाजवादीकम अध्यक्ष माधव कुमार नेपालसँग सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले नेपाल र दाहालसँग छुट्टाछुट्टै छलफल गरेको र उनीहरुबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समीक्षा लगायत देशको समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोबिन्द परियारले बताए ।

शीर्ष नेताहरुबीच समानुपातिक मतगणनाको नजिता र सबै क्षेत्रको निर्वाचन परिणाम आएपछि गठबन्धनमा रहेका सबै दलहरुको बैठक बस्ने विषयमा पनि छलफल भएको थियो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन परिणाम अन्तिमतिर आइपुग्न लाग्दा शीर्ष नेताहरुबीच छलफल भएको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *