१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाइराइड किन हुन्छ, कसरी बच्ने ?



शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । ती ग्रन्थिमध्ये घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यो ग्रन्थिलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनले हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छन् । थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपोथाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । 

लक्षण

  • हर्मोन कम हुँदा र बढी हुँदाफरक–फरक लक्षण देखिन्छ । 
  • हर्मोन कम हुँदा ।
  • शरीर गल्ने । आलस्य हुने । थकान हुने । 
  • महिलामा महिनावारी गडबड हुने । 
  • शरीरमा अत्यधिक मात्रामा बोसो बढ्ने । 
  • हाइट नबढ्ने समस्या हुन सक्छ । 
  • कपाल झर्ने । 
  • जिउ सुन्निने, फुलिने । घाँटी सुन्निने । 
  • बढी हुँदा 
  • हातखुट्टा काम्ने । 
  • चिटचिट पसिना आउने । 
  • वजन कम हुँदै जाने । 
  • तौल घट्दै जाने ।
  • शरीर तातो हुने ।
  • निद्रा नलाग्ने ।
  • मुटुको धड्कन बढेजस्तो हुने ।

कारण
थाइराइड जटिल र डराउनुपर्ने खालको समस्या होइन । यो धेरै कारणले हुन्छ । हर्मोनको कमीले गर्दा हाइपोथाइराइड देखिने समस्या बढी हुन्छ । आयोडिनको कमीले पनि यस्तो हुने गर्छ । अटो इम्युनको कारणले गर्दा पनि हुन्छ । 

कसरी बच्ने ?

  • थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । थाइराइड नराम्रो अवस्थामा छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन सक्छ । त्यसैले थाइराइड भए–नभएको जाँच गर्नुपर्छ । समस्या भएको छ भने नियमित औषधि सेवन गर्नुपर्छ । 
  • जीवनशैलीमा परिवर्तन गर्ने,
  • चिल्लो कम खाने गर्नुपर्छ ।  
  • स्वस्थकर खाना खाने गर्नुपर्छ । 
  • तनाव लिनुहुँदैन । 
  • नियमित व्यायाम गर्नुपर्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *