१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसरी पकाउने खासी पोर्क र पक्कु ? 



खासी पोर्क
आवश्यक सामग्री : 
फाक्सा, किकुमक सस, नुन स्वादअनुसार 

खासी पोर्क सबै ग्राहकले रुचाउने परिकार हो । यो सुँगुरको सुकुटी (स्मोक्ड पोर्क) भए पनि खाँदा नरम र स्वादिलो हुन्छ ।

खासी पोर्क पकाउन सुरुमा सुँगुरको करङ र फिलाको भागलाई सुकुटी काटेझैँ आकारमा काटिन्छ ।

त्यसपछि किकुमन सस र नुन स्वादअनुसार मिसाएर आधा घन्टा मेरिनेट गरेर गाँउघरमा सुकुटी सुकाएझैँ आगोमाथि सुकाउने गरिन्छ । 

पक्कु
आवश्यक सामग्री : 
फाक्सा, अदुवा–लसुनको पेस्ट, जिराको धुलो, बेसार, तोरीको तेल, चिम्खिङ, खानाक्पा र नुन स्वादअनुसार ।

अर्को परिकार पोर्क पक्कु हो । सुँगुरको मासुलाई ठूलो–ठूलो काट्ने र त्यसमा अदुवा–लसुनको पेस्ट, तोरीको तेल, जिराको धुलो, बेसार र नुन स्वादअनुसार हालेपछि राम्रोसँग मोलेर आधा घन्टा मेरिनेट गर्ने गरिन्छ ।

कसौडीमा मेरिनेट गरेको मासु हालेर ठप्पै हावा नछिर्ने गरी छोप्ने र सानो आगोमा तीनदेखि चार घन्टासम्म पकाउने, पाक्ने वेलामा स्थानीय मसला चिम्खिङ र खानाक्पा धुलो बनाएर हाल्ने गरिन्छ ।

याङबेन पोर्क
आवश्यक सामग्री :
 याङबेन फाक्सा (मासु र आन्द्रा, मुटु, कलेजो) रक्ति (रगत) अदुवा–लसुनको पेस्ट, जिराको धुलो, बेसार, खुर्सानी, चिम्खिङ, खानाक्पा र नुन स्वादअनुसार ।

याङ्बेन एक विशेष प्रकारको झ्याउ हो, जो रूखका हाँगामा हुर्किन्छ । याङ्बेन पोर्कलाई लिम्बू समुदायमा विशेष परिकारको रूपमा लिइन्छ । यसलाई तयार गर्न सुरुमा मासु (आन्द्रा, मुटु, कलेजो आदिका टुक्रा) काटेर पकाउने गरिन्छ ।

मासु पाक्न लागेपछि स्थानीय मसला चिम्खिङ र खानाक्पा, अदुवा, लसुन, खुर्सानी, जिराको धुलो आदिको पेस्ट हाल्ने गरिन्छ । बेसार र नुन स्वादअनुसार हालिन्छ । अन्त्यमा याङबेन रक्तिमा मोलेर हाल्ने र मज्जाले पकाउन सकिन्छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *