६ बैशाख २०८१, बिहिबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रकाशमान भन्छन्- प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ छ



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासीहरूको समस्या चाँडै समाधान गरिने बताएका छन् ।

शनिवार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यहाँ सुकुम्वासीहरूको पनि समस्या देखिएको छ । अहिले राष्ट्रिय भूमि आयोगले काम गरिरहेको छ । आयोगको दिएको सुझावअनुसार हामीले तीव्रताका साथ सुकुम्वासीहरूको समस्या समाधान गर्नेछौँ,’ उनले भने ।

काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको विकास र समृद्धिको लागि आफू सधैँ तयार रहेको बताए । ०७४ सालमा पनि सोही क्षेत्रबाटै निर्वाचित उनले भने, ‘एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन भइरहनु चानचुने कुरा होइन । मैले मेरो क्षेत्रमा धेरै कामहरू गरेको छु । अब गर्नुपर्ने कामहरूबारे मतदाताहरूले बोलाउनुस् र भन्नुस् । त्यो पनि गर्नेछौँ ।’

नेता सिंहले आफू पनि प्रधानमन्त्रीको दाबेदार नेता भएपनि प्रक्रिया भने ज्यादै जटिल रहेको बताए । मतदाताहरूको चाहना प्रधानमन्त्री भइदेओस् भन्ने भएपनि संसदीय प्रणालीअनुसार अघि बढ्दा जटिलता थपिँदै जाने उल्लेख गर्दै उनले भने, ‘भन्नलाई सजिलो हुन्छ तर प्रक्रियाचाहिँ अलिक लामो र जटिल हुन्छ ।’

यद्यपि आफूसँग प्रधानमन्त्री बनेर काम गर्नसक्छु भन्ने ‘कन्फिडेन्स’ भने भएको उनले बताए । ‘तर, प्रधानमन्त्री भएर काम गर्नसक्छु भन्नेचाहिँ छ मसँग,’ उनले भने ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *