१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सत्तारुढ दलको निर्णय



काठमाडौं । सत्ता गठबन्धनको बैठकले आगामी दिनमा अझ एकतावद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । चुनावपछि बसेको पहिलो बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाँचदलीय गठबन्धनको बैठक भनिए पनि एउटा मुख्य घटक लोकतान्त्रिक समाजवादी पार्टीका नेता भने उपस्थित भएनन् । प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकपछि कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले विज्ञप्ति बाचन गरेर सुनाएका थिए ।

विज्ञप्तिमा चुनावको नतिजाले अहिलेको गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुन: पुष्टि भएको उल्लेख छ । मुलुकका सामु देखिएका चुनौती सामना गर्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै चुनावी परिणामले पनि मिलेर अघि बढ्न सन्देश दिएको त्यसमा जनाइएको छ ।

चुनावका बेला गठबन्धनकारी दलबीच कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारी देखिएको भन्दै आगामी दिनमा त्यसको उचित समीक्षा र सम्बोधन गर्ने समझदारी पनि भएको कार्कीले जानकारी दिए ।

उनले आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएको बताए । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै कार्कीले आगामी सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । ‘आगामी दिनमा धेरै बैठकहरू हुनेछन् । धेरै कुरा स्पष्ट हुँदै जानेछ । अब पनि गठबन्धनकै सरकार बन्नेछ,’ उनले भने ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ४२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *