काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । मंसिर ४ गतेको चुनावमा उनी मनाङबाट प्रदेशसभामा निर्विरोध निर्वाचित भएका थिए ।
विज्ञप्ति जारी गरेर मनाङेले आफू एकीकृत समाजवादी प्रवेश गरेको थाहा दिएका छन् । ‘एकीकृत समाजवादीमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भइ आजैका मितिदेखि त्यहाँ आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशनअनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया