१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका दर्जन केन्द्रीय सदस्यको गोप्य छलफल



काठमाडौं । नेपाली कांग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको ललितपुरमा बसेको बैठकले  तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ ।

शुक्रबार ललितपुरको एक होटलमा बसेको उक्त बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्यहरु मीन विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायतको सहभागीता रहेको थियो ।

बैठकले संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्ने  निष्कर्ष निकालेको ति नेताले बताए ।

उनीहरुले सभापति शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउने पनि बताएका छन्  ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *