४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस दलको निर्वाचन- देउवाविरुद्ध गगनले उम्मेदवारी दिने



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

सस्थापन इतर पक्षकाे लामो छलफल पश्चात पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री थापाले उम्मेदवारी दिने सहमती भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा सस्थापन इतर समुहका नेता डा.शेखर कोइराला र महामन्त्री थापा दुवै आकांक्षी रहेकाले सहमती जुटाउन सकस परेको थियो । सोमबार र मंगलबार दुई दिन भएको लामो छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।

आज बिहान ८:३० बजेदेखि ११:३० बजेसम्म लैनचौरस्थित एम्बास्डर होटलमा बसेको कांग्रेसको संस्थापनइतर समूहको बैठकले कोइराला समूहबाट एक जना मात्रै उम्मेदवार बनाउने निष्कर्ष निकालेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : १४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *